![]() |
| पीडित शिवबहादुर गुरुङ |
पोर्तुगलको भिल्लामौराबाट एक हजार दुई सय ८८, आल्बुफेराबाट दुई सय ९२ युरो पचास सेन्ट र लिस्बोनमा बस्ने नेपालीहरुबाट दुई हजार पाँच सय ६ गरी जम्मा चार हजार ८६ युरो ५० सेन्ट सहयोग प्राप्त भएको हो ।
यसरी नेपालीहरुबाट सङ्कलित रकम आज आर्रोइसको गुरुङ बस्ने कोठामा पुगेर हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणका लागि आयोजना गरिएको एक अनौपचारिक कार्यक्रममा गैह्र आवासीय नेपाली संघ (एनआरएन), पोर्तुगलका पदाधिकारीहरु र सञ्चारकर्मीहरु उपस्थित थिए ।
रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष रमेश गुरुङले नेपालीहरुबाट प्राप्त भएको रकमले गुरुङको स्वास्थ्योपचारमा सहयोग हुने अपेक्षा राख्नुभयो । सहयोगी सबैलाई धन्यवादसहित अध्यक्ष गुरुङले शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।
सहयोग रकम पाएपछि शिवले पोर्तुगलमा उपचार खर्च महङ्गो पर्ने भएकाले नेपाल जाने बताउनुभएको छ । 'ओस्पिटाल दे लुज'ले उहाँको उपचारका लागि न्युनतम ६ हजार युरो खर्च लाग्ने बताएको छ ।
यात्रा र उपचार खर्चका लागि आर्थिक सहयोग गरिदिनका लागि पीडित गुरुङले एक महिना अघि संघमा अनुरोध गर्नुभएको थियो । गुरुङले पोर्तुगलको सामाजिक सुरक्षा कोषमा ४५ महिनाको कर बुझाइसक्नुभएको छ । आवश्यक सेन्जेन प्रवेशाज्ञाको अभावमा पोर्तुगलमा लामो समय रहँदा पनि उहाँले यहाँ बस्नका लागि कागज पाउनुभएको छैन ।


0 comments:
Post a Comment