काठमाडौं, १२ मंसीर । ठूलो परिणाममा नक्कली नेपाली रुपैयाँसहित विनोदकुमार शाह र शिवशक्ति पोखरेललाई पक्राउ गरि आइतबार सार्वजनिक गरिएको छ ।
८ गते कोटेश्वरबाट पक्राउ परेका उनीहरुबाट १ हजार र पाँच सयका गरी तीन लाख ११ हजार नेपाली जाली नोट बरामद गरिएको सीआईबीले जनाएको छ । विनोद अछाम सन्तडा-८ घर भई हाल काठमाडौं खरीकोबाटमा बस्दै आएका थिए भने प्युठान ओखरकोट-८ घर भएका शवशक्ति बानेश्वरमा रेडिमेड कपडा पसल गर्दै आएका थिए ।
शाह भारतीय जाली नोटसहित २०६६ साल फागुन ११ मा पक्राउ परि धरौटीमा छुटेको र उनलाई शिवशक्तिले जाली नोट उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु दुबैलाई कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

0 comments:
Post a Comment