योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, १३ कार्तिक । पोर्तुगलमा रहेका नेपालीहरुले झिलिमिली र रङ्गीन बिजुली बत्तिको प्रकाशमा नेपाली र हिन्दी गीतहरुमा ढल्किदै र उफ्रिदै नाचेर तिहार रमाइलो गरेर मनाएका छन् ।
शनिबार साँझ यहाँ आयोजना गरिएको 'दीपावली डिस्को पार्टी' मा करिब डेढ सय नेपालीहरुले यसरी तिहारलाई स्मरणीय बनाएका हुन् । मैन बत्ति वा दीयो नबालिए पनि देउसीभैलोको गीतले सहभागीहरुको ह्रिदयमा तिहारको सम्झना ताप बढ्नेगरी सल्किएको आभाष हुन्थ्यो ।
युवायुवतिहरु मात्र जस्तो नेपाली समुदाय रहेको लिस्बोनमा सञ्चालित डिस्को पार्टीमा युवायुवतिहरु समूह बनाइ बनाइ नाचेका थिए । नाच्नलाई व्यवस्थापन गरिएको कक्षसँगै बारको पनि व्यवस्थापन गरिएको थियो । पेय पदार्थको चुस्की र घुट्कीमा सहभागीहरु बेग्लै मज्जा लिइरहेका थिए ।
कार्यक्रमले जमघट गरायो, परिचितहरु गफिए, रमाए, हाँसे । तर विरलै थिए गफ गर्नलाई समय मिलाउनेहरु, नाचकक्ष भरिभराउ हुने गरी नाचे उनीहरु । कुनै अप्रिय घटना नहोस भनेर आयोजकको स्वयमसेवक समूहले सतर्कतासाथ व्यवस्थापनमा खटिएको थियो ।
व्यापारी र व्यवसायीहरुसमेत सहभागी भएपछि कार्यक्रम थप रमाइलो बनेको थियो । कार्यक्रम बेकु दास क्रुजेस ९, अल्फामामा बेलुकी ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन भएको थियो । यु एण्ड मी समूहको नाममा सुर्जे भट्टचन र विरेन पूनलगायतका युवाहरुले कार्यक्रमको आयोजना गरेका थिए ।

0 comments:
Post a Comment