29 November, 2011

वर्ड फ्लु मुक्त राष्ट्र नेपालको राजधानीमै बर्ड फ्लु भेटियो


काठमाडौं, १३ मंसीर । राजधानीमा पंक्षीमा लाग्ने रोग बर्डफ्लु भेटिएको छ । भक्तपुरको मनोहरा खोलामा रहेको सुकुम्बासी बस्तीमा बर्ड फ्लु देखिएपछि ५ सयभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

जिल्ला पशु सेवा कार्यालय भक्तपुरका कार्यालय प्रमुख शिवबहादुर केसीले बर्डफ्लु भेटिएको पुष्टि भएको बताए । हाँस र कुखुरा एक्कासी मर्न लागेपछि स्थानीय बासिन्दाले जिल्ला पशु कार्यालय भक्तपुरमा खबर गरेका थिए । पछि जाँच गर्दा बर्ड फ्लु रहेको पाइएको थियो ।


शंका लागेमा केन्द्रीय पशु रोग निधान प्रयोगशालामा जाँच गरी र अन्तिम पुष्टिका लागि बेलायत पठाइने गरिन्छ । सरकारले वर्ड फ्लु मुक्तराष्ट्र घोषणा भएको पाँच महिना पनि नबित्दै बर्ड फ्लु देखिएको हो ।

0 comments: