काठमाडौं, १३ मंसीर । संविधानसभाको म्याद फेरि चौथोपटक पनि थपिएको छ । संविधानसभाको म्याद ५ महिना थप गर्न सरकारले ल्याएको अन्तरिम संविधानको ११ औं संशोधन विधेयक मंगलबार बसेको संसदको बैठकले दुई तिहाई बहुमतले पारित गरी संविधानसभाको आयु लम्ब्याइएको हो ।
मतदानमा ५०८ जना उपस्थित भएकोमा संशोधनका पक्षमा ५०५ मत परेको थियो । राप्रपा नेपालका ३ जना सदस्यले संशोधनको विपक्षमा मतदान गरेका थिए ।
अब संविधानसभाको म्याद २०६९ साल जेठ १४ गतेसम्म भएको छ । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद तीन पटकमा गरि १ वर्ष छ महिना थप गरिएको छ ।
पछिल्लो पटक सर्वोच्च अदालतले समेत संविधानसभाको म्याद बढीमा ६ महिना नबढ्ने गरी थप्न आदेश लिएको छ । साथै अब थपिने समयमा पनि संविधान निर्माण हुन नसके जनमत संग्रह, पुनः संविधानसभाको निर्वाचन लगायतका विकल्पमा जान पनि भनेको छ ।


0 comments:
Post a Comment