28 November, 2011

अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता आजदेखि चितवनमा


चितवन, १२ मंसीर । प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको ३० औं संस्करण आजदेखि चितवनको मेघौलीमा सुरु हुँदैछ ।

चितवनको राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाईगरटप्सको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।



हात्तीमाथि चढेर लठ्ठीले बल हानेर खेलिने यो खेलमा चितवन राष्ट्रिय निकुञ्ज नेपाल, इङ्ल्यान्ड, डेनमार्क, हङकङ, स्वीजरल्याण्ड, मंगोलियालगायतका देशहरुको सहभागिता रहने आयोजकले जनाएको छ । खेल मेघौली विमानस्थलमा हुनेछ ।

0 comments: