काठमाडौँ १५ मंसीर । आज डिसेम्वर १ तारिख अर्थात २४ औँ विश्व एड्स दिवस । नेपाललमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । यो दिवसका अवसरमा राजधानीलगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
एचआईभीको सक्रंमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यतामा पुराऔँ भन्ने नाराका साथ २४ औ एड्स दिवश मनाउन लागिएको हो । पछिल्लो समय एचआईभी सक्रंमितको सङख्या नेपाललगायत विश्वभर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या विभागका सचिव डा प्रवीण मिश्रका अनुसार नेपालमा हरेक दिन सरदर ६ जना मानिसमा एचआइभी एड्सको संक्रमण हुने गरेको छ ।
सन् २०१० को तथ्याङ्कअनुसार हाल देशभर ५५ हजार ६ सय २५ मानिस एचआइभी/एड्स प्रभावित छन् । तर, गत वर्ष ६७ हजार एड्स प्रभावित रहेको तथ्याङ्क बाहिर ल्याइएको थियो । पछिल्लो तथ्याङ्कले विश्वमा विश्वभर ३ करोड ४० लाख मानिस यो रोगबाट प्रभावित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
यसैवीच सन १९८३ मा एड्स भाईरस पत्ता लागाउने नोबेल पुरस्कार बिजेता वैज्ञानिक फ्रेकायल बार सिनुसीले अन्तराष्ट्रिय कोषको अभावमा एसआइभी एड्स विरुद्धको अभियान अझै प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले विश्व स्वास्थ्य संगठनको एक रिर्पोटको अनुसार, वर्षैपिच्छे रोगीको संख्या बढ्दै गए पनि गरिब राष्ट्रहरुमा दिईदै आएको कोषमा कमी आएको छ ।


0 comments:
Post a Comment