काठमाडौं, ९ मङ्सीर । सर्वोच्च अदालतले संविधान बन्न कति समय लाग्छ भन्नेबारे पहिले नै यकिन गरेर थप्नुपर्ने भन्दै थपिएको समयमा पनि संविधान नबने त्यो स्वत: विघटन हुने बताएको छ ।
अब थपिएको समयमा पनि संविधान बनेन भने जनमत सङ्ग्रह गराउने हो वा अर्को संविधान सभा चुनाव गराउने वा के गर्ने हो भन्नेबारे सोच्न भन्दै उसले यी सबै कुरा यकिन गरेर मात्र म्याद थप्न भनेको छ।
कानुन व्यवसायी बालकृष्ण न्यौपाने र भरतमणि जङ्गमले संविधान सभाको म्याद पटकपटक थप्ने कामविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाइमा प्रधान न्यायाधीश खिलराज रेग्मी, न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ र प्रेम शर्माको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

0 comments:
Post a Comment