13 November, 2011

भट्टराई मन्त्रीमण्डल नेपालको इतिहासमै सबैभन्दा ठूलो

काठमाडौ, २७ कार्तिक । आफुलाई आर्थिक मितव्ययी देखाउन पहल गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको इतिहासमै सबैभन्दा ठूलो मन्त्रीमण्डल गठन गरेर नयाँ रेकर्ड बनाएका छन् ।

चार नयाँ राज्य मन्त्रीहरु ओमप्रकाश यादव, खोवरी राय यादव, अरविन्द साह र सरिता कुमारी साहले आज सपथ लिएपछि भट्टराईको मन्त्रीमण्डल नेपालको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल भएको छ । अब मन्त्रीहरुको संख्या ४९ पुगेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सपथ खुवाएपछि भट्टराईले चार जना राज्यमन्त्रीहरुलाई क्रमश: कृषि, उद्योग, महिला र संचार राज्यमन्त्रीको जिम्मा दिएका छन् ।



सबैभन्दा जम्बो मन्त्री मण्डल गठन गर्ने भट्टराईभन्दा अघि गणतन्त्रपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार २४, माधवकुमार नेपाल नेतृत्वको ४५ र झलनाथ खनाल सरकार ३५ सदस्यीय थियो । दोश्रो ठूलो मन्त्रिमण्डल शेरबहादुर देउवाको पालामा थियो, जुन ४८ सदस्यीय थियो ।


इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डलको नामावली

१. डा. बाबुराम भट्टराई प्रधानमन्त्री

उपप्रधानमन्त्रीहरू

२. विजयकुमार गच्छदार गृह र रक्षा
३. नारायणकाजी श्रेष्ठ परराष्ट्र

मन्त्रीहरु

४. जयप्रकाश प्रसाद गुप्ता सूचना तथा सञ्चार
५. हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
६. पोष्टबहादुर बोगटी ऊर्जा
७. टोपबहादुर रायमाझी स्थानीय विकास र भूमिसुधार तथा व्यवस्था
८. राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
९. वर्षमान पुन अर्थ र शान्ति तथा पुनर्निर्माण
१०. महेन्द्रप्रसाद यादव सिंचाई
११. गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
१२. लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
१३. अनिलकुमार झा उद्योग
१४. वृजेशकुमार गुप्ता कानुन तथा न्याय
१५. हेमराज तातेड वातावरण
१६. नन्दन कुमार दत्त कृषि तथा सहकारी
१७. कमला रोका युवा तथा खेलकुद
१८. राजलाल यादव विना विभागीय
१९. मुहम्मद वकिल मुसलमान वन तथा भू-संरक्षण
२०. दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
२१ दीनानाथ शर्मा, शिक्षा
२२. भीमप्रसाद गौतम, भूमिसुधार
२३. लोकेन्द्र विष्ट मगर, पर्यटन तथा नागरिक उड्डयन
२४. सत्या पहाडी शान्ति तथा पुनर्निर्माण
२५. रामकुमार यादव सामान्य प्रशासन
२६. कल्पना धमला विज्ञान तथा प्रविधि
२७. सरिता गिरी श्रम तथा यातायात व्यवस्था

राज्यमन्त्रीहरू

२८. रामवचन अहिर रक्षा राज्यमन्त्री
२९. लिला भण्डारी, शिक्षा राज्यमन्त्री
३०. दिलिप महर्जन पर्यटन
३१. सूर्यमान दोङ्ग उर्जा
३२. भिमराज राजवंशी गृह
३३. लक्ष्मण महतो, बन
३४. दुर्गा रेग्मी वातावरण
३५. हरि खेवा लिम्बु, अर्थ
३६. ज्वाला साह भूमिसुधार
३७. सुनिता कुमारी महतो सामान्य प्रशासन
३८. विष्णु चौधरी वाणिज्य
३९. सुष्मा शर्मा संस्कृति
४०. गोपी अछामी युवा तथा खेलकुद
४१. सरोज यादव स्वास्थ्य
४२. रामजी राम सिंचाई
४३. सूर्यदत्त मिश्र भौतिक
४४. काशीदेवी झा कानून
४५. घनश्याम यादव स्थानीय विकास राज्यमन्त्री
४६. सुरिताकुमारी साह सूचना तथा संचार राज्यमन्त्री
४७. ओमप्रकाश यादव कृषि राज्यमन्त्री
४८. खोभारी राय यादव उद्योग राज्यमन्त्री
४९. अरविन्द साह महिला राज्यमन्त्री

1 comments:

Badri Nath Paudel said...

first hune rog...........