11 November, 2011

दाउद इब्राहिमको स्वास्थ्य गम्भीर

मुम्बई, २४ कार्तिक (एजेन्सी) । भारतको सर्वाधिक खोजीमा रहेका 'अन्डरवर्ल्ड डन' दाउद इब्राहिमको स्वास्थ्य लगातार बिग्रिरहेको समाचार त्यहाँका सञ्चारमाध्यमले दिइरहेका छन् । भारतबाट प्रकाशित हुने 'दैनिक भाष्क' का अनुसार ५६ वर्षीय दाउदलाई हृदयाघात भएको छ भने पाकिस्तानी सहर कराचीका चिकित्सकहरुले उनलाई हिँडडुल गर्न समेत रोक लगाएका छन् ।

"दाउदले आफ्नो स्वास्थ्य बिग्रिँदै गएपछि मुम्बईभन्दा २१८ किलोमिटर टाढा महाराष्ट्रको रत्नागिरी जिल्लामा अन्तयेष्टिका लागि चिहान खोज्न आफ्ना मान्छेलाई अह्राएका छन्," भाष्करले लेखेका छन्, "यो कुराको पुष्टि क्राइम ब्रान्चले पनि गरेको छ ।" पत्रिकाले ब्रान्च प्रमुख हिमांशु रायलाई उद्धृत गर्दै लेखेको छ, "भारतमै अन्त्येष्टि हुने दाउदको इच्छाबारे हामीलाई राम्रोसँग थाहा छ ।"

पत्रिकाका अनुसार पछिल्लो समय दाउद कराँचीमा बस्दै आएका छन् । आफू अस्वस्थ्य हुँदै गएपछि उनले एक वर्षअघि कान्छी छोरीको विवाह मिति सारेका थिए ।

मुम्बईमा सन् १९९३ मा २५० जनाको ज्यान जाने गरी भएको शृंखलाबद्ध बम विष्फोटनमा दाउदको संलग्नता पुष्टि भइसकेको छ ।

0 comments: