27 November, 2011

जग्गा कारोबारमा मन्दी, ऋणमा जग्गा खरिद गर्नेलाई समस्या


काठमाडौं, ११ मंसीर । काठमाडौं उपत्यकाभित्र केही महिना यताबाट जग्गाको किनबेचमा मन्दी आएको छ । वर्षेबाली काटिएपछि प्रायः कार्तिकदेखि नै जग्गा किन्नेहरुको घुइचो लाग्ने गरेकोमा यसबर्ष त्यो स्थिति देखिएको छैन ।

शान्ति प्रक्रियाले क्रमशः गति लिँदै जनतामा “शान्ति हुन्छ” भन्ने आशा पलाएको, उपत्यकाभित्रै जग्गा किन्नुपर्छ भन्ने मानसिकता हराउँदै गएको तथा दुईवर्ष अगाडि नेपाल राष्ट्र बैंकले उपत्यकाभित्र जग्गा र घरमा कर्जा लगानी नबढाउन बैंकहरूलाई कडा निर्देशन दिएपछि जग्गाको कारोबारमा मन्दी आएको जानकारहरुको भनाई रहेको छ ।



जग्गाको किनबेचमा मन्दी आएपछि यसबाट रजिस्ट्रेसनबापत उठ्ने राजस्व असुलीमा पनि कमी आएको देखिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका अनुसार गत कात्तिक महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयले करिब रु ११ करोड १५ लाख राजस्व उठाएका थिए ।

दुईवर्ष अघि ती कार्यालयले रु ३० करोडभन्दा माथि राजस्व उठाएको सरकारी अभिलेख छ । जग्गाको किनबेचमा मन्दी आएपछि चर्को ब्याजमा ऋण लिएर जग्गा खरिद गर्नेलाई समस्या आएको छ ।

0 comments: