01 December, 2011

आज २४ औँ विश्व एड्स दिवस, देशभर ५५ हजार ६ सय २५ एड्स प्रभावित


काठमाडौँ १५ मंसीर । आज डिसेम्वर १ तारिख अर्थात २४ औँ विश्व एड्स दिवस । नेपाललमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । यो दिवसका अवसरमा राजधानीलगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

एचआईभीको सक्रंमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यतामा पुराऔँ भन्ने नाराका साथ २४ औ एड्स दिवश मनाउन लागिएको हो । पछिल्लो समय एचआईभी सक्रंमितको सङख्या नेपाललगायत विश्वभर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या विभागका सचिव डा प्रवीण मिश्रका अनुसार नेपालमा हरेक दिन सरदर ६ जना मानिसमा एचआइभी एड्सको संक्रमण हुने गरेको छ ।

दुई केन्द्रीय सदस्य लडाकु बन्न इच्छुक, नेताका छोराछोरी भने स्वेच्छिक अवकाश


काठमाडौँ, १५ मंसीर । माओवादीले केन्द्रीय नेतृत्वमा रहेका कसैलाई पनि समायोजनमा नपठाउने निर्णय गरे पनि दुई केन्द्रीय सदस्यका हकमा भने उक्त निर्णय लागू नहुने सम्भावना देखिएको छ । माओवादी उच्च सूत्रका अनुसार पार्टी केन्द्रीय सदस्यसमेत रहेको सातौँ र तेस्रो डिभिजन कमान्डहरूले पनि सेनामा समायोजन हुने भन्दै पार्टी नेतृत्वको घर धाउन थालेपछि यस्तो सम्भावना देखिएको हो ।

माओवादीले यसअघि पार्टी केन्द्रको निर्णय भन्दै केन्द्रीय सदस्य पदमा रहेका कुनै पनि कमान्डरहरूलाई समायोजन प्रक्रियामा सहभागी नगराइने जानकारी गराएको थियो । तर, सेनामा समायोजन हुँदा केही महत्वपूर्ण पदहरू पनि पाउने भएपछि उक्त पदमा समायोजित हुन केन्द्रीय सदस्यसमेत रहेका कमान्डर लालायित भएका हुन् ।

बेलायतद्वारा इरानी कुटनीतिज्ञलाई देश छोड्न आदेश



लन्डन, १५ मंसीर । इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा भएको हमलाको विरोधमा बेलायतले इरानका सबै कुटनीतिक कर्मचारीहरुलाई बेलायतबाट निष्काशित गरेको छ ।

बेलायतका विदेशमन्त्री विलियम हेगले लन्डनस्थित इरानी दूतावास बन्द गर्न आदेश दिँदै २४ घण्टाभित्र देश छाड्न सबै इरानी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

30 November, 2011

CIN Radio


FM Stations of Nepal