काठमाण्डौं, २४ कार्तिक । उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयको विरोधमा बिहीबार सर्वोच्च अदालतमा रिट परेको छ । श्रेष्ठकी दिदी सावित्रीले आममाफी दिने बाबुराम भट्टराई सरकारले गरेको सिफारिसविरुद्ध रिट दायर गरेकी हुन् ।
उनले रिटमा सिफारिस कार्यान्वयन नगराउन माग गरेकी छन् । रिटमा प्रधानमन्त्री भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सभासद् ढुङ्गेललाई आममाफी दिन राष्ट्रपति रामवरण यादवलाई सिफारिस गरेको थियो । विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संस्था, कानुन व्यवसायी र अन्य विभिन्न पेशाकर्मीले आममाफी दिने सरकारको निर्णयको कडा आलोचना गरिरहेका छन् ।


0 comments:
Post a Comment