30 November, 2011

काठमाडौं जिल्ला विकास समितिमा सतर्कता केन्द्रको छापा


काठमाडौं, १४ मंसीर । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं जिल्ला विकास समिति कार्यालयमा आज बिहान छापा मारेको छ । कार्यालयको लेखा विभागमा छापा मारेर सर्तकता केन्द्रले केही महत्वपूर्ण कागजात आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्लामा निर्माण भएका केही सडकमा अनियमितता भएको र प्रक्रिया पूरा नगरी निर्माण कार्य भएको गुनासो आएपछि केन्द्रले जिविसमा छानबिन सुरु गरेको हो ।

प्रमाण नष्ट हुन सक्ने आशंकाका कारण केही कागजातलाई शिलबन्दी गरिएको केन्द्रले जनाएको छ । सरकारले गठन गरेको सडक छानबीन समितिसँग समन्वय गरेर सतर्कता केन्द्रले जिविसमा छानबिन बढाएको छ ।

0 comments: