अरबिक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि. स. २०३६ (जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो ।
त्यसमा पनि वि. स.२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुनसक्छन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दा अत्युक्ती नहोला ।
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल मात्र हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गर्नु छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो कर्तव्य पनि हो । हो आज त्यही समय आएको छ ।
प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहर वा लयबाट टाढा पारिदै छ भनेर गुनासाहरु प्नि आइरहेका छन । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । छोटो भएकोले मुक्तक वा गाउन सकिने भएकोले गीत भनेर पनि भनिने वा त्यही मुताविक व्यवहार पनि गरिएको पाइन्छ । गाउँदैमा गीत र छोटो हुदैमा मुक्तक हुन्छ भन्ने यो कस्तो तर्क हो । यो सोचमा परिवर्तन आउन वा ल्याउन जरुरी छ ।
हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ । तर यसको अस्तित्व के छ । यसको प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । अझ गीत नै भनेर छापिदियो भने पनि हामी मख्ख पर्छौ । मुक्तक नै भनिदिए पनि केही छैन । मेरो रचना छापियो भनेर छाती फुलाऔछौ । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु आवस्यक छ । यदि कसैले हामीलाई अरु नै कसैको नमा लिएर वोलायो भने वा त्यही अनुसार व्यवहार गर्यो भने कस्तो होला । के त्यो हामीलाई पाच्य हुन्छ ? के हामी त्यसलाई सहज मान्नु सक्छौ ?
त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला ? कस्तो लाग्ला ? के यो न्यायोचित व्यवहार हो त ? के तपाईलाई यो चित वुज्छ ? के यसले गजलको विकाशमा टेवा पुग्छ र ? के यो गजलको अपमान भएन र ? अनि गजलको अपमान भए पछि हामी गजलकार भनेर छाती फुलाउनेको चाही के मान भयो र ? आफ्नै अपमान भएको मन पराउने हामी कस्तो मानिस ? हो, यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । र आउदै गरेका छन पनि । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो संघर्ष वा तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई तिरस्कार गर्नु पर्छ । हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ । वा संघर्ष गर्न सक्नु पर्छ । वुझाउन सक्नु पर्छ । गजल गजल नै हो यो न गीत वन्न सक्छ न कविता वा मुक्तक नै । वुझाउन नसक्नु चाही हाम्रो कमजोरी हो ।
हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन ? त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पत्रिाहरु मधुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । (यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन । त्यस्ता पत्र पत्रिका अरु पनि हुन सक्छन ।) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ । अर्थात हामी चाकरी चाप्लुसी तर्फ कतै लागेका त छैनौ ? एक पटक छातीमा हात राखेर सोचौ त ?
अर्को कुरा भनेको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पूर्वमा वस्ने पूर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । अथवा झापा नै गजलको गढ हो । चितवन गजलको गढ हो । अथवा काठमाण्डौ काठमाण्डौ नै हो भन्ने सोच लिन्छौ । (यहा काठमाण्डौ, झापाली वा चितवन दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ । त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर । क्षत्रीयता वा पुस्ताको धङ्गधङ्गी हामीबाट कहिलै पनि हराएन । हामी केन्द्रमा वसेकोमा गर्व गर्छौ । त्यहा वसेर रचिएका रचनाहरु अत्कृष्ट हुने र मोफसलमा वसेर रचिएका रचनाहरु कम उत्कृष्ठ हुन्छन भन्ने हामीमा भ्रम छ । हामी भिडलाई विश्वास गर्छौ । साहित्यलाई प्रदर्शनीमा राख्ने सामान ठान्छौ हामी । अनि हामी उचाईमा पुगे पछि उधो देख्दैनौ पनि । अर्थात देख्नै चाहादैनो पनि ।
अनि अर्को कुरा हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयोगी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । सवैलाई थाहा छ यो आवस्यक्ता हो । तर जुँगााको लडाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समूह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । कसैले बहरवादी आन्दोलनको नाम दिएका छन भने कसैले परिस्कार वादी आन्दोलन । गजलमा परिस्कार चाहनु भनेको राम्रो कुरा हो । यो आजको आवस्यक्ता पनि हो । नेपाली गजलको चिन्ता हुनु । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्नु । अर्थात गजललाई परिस्कार गरेर अझ सुन्दर पार्न पाए हुन्थ्यो भन्ने सोच आफैमा स्वागत योग्य कुरा हुन । यो सवैमा हुनु पनि पर्छ । (यहा माथि उल्लेखित संघ संस्था वा व्यक्तीहरुले मात्र यो आन्दोलन चलाएका छन अरु सवै चुप छन भन्ने चाही होईन । त्यस्ता थुप्रै संघ संस्था तथा व्यक्तीहरुले पनि यस्ता खाले आन्दोलन चलाउदै आएका छन ।)
बहरवादी र बहर विरोधी वीचको टकरवाव पनि देखिन थालेको छ । एउटाले अर्कोको अस्तीत्व माथि प्रश्न चिन्ह उठाईरहेको अवस्था पनि देखिन थालेको छ । बहरको वारेमा चर्चा परिचर्चा हुनु त राम्रो कुरा हो तर यसरी एक आपसमा लड्नु चाँही गजलको लागि राम्रो संकेत मान्न सकिन्न ।
यहा अभियाकर्ता प्रष्ट छ । उसले कुनै पनि वादको प्रतिनिधित्व गरेको छैन र गर्दैन पनि । मात्र उसले त गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ कि भन्ने आसय मात्र हो । यहा प्रष्ट हुनु जरुरी छ कि यो अवधारणा अर्थात यो अभियान कुनै वादको वकालत गर्न भने आएको होइन । कुनै एउटा कुरालाई मात्र प्रश्रय दिन चाहेको पनि होईन । बहसको क्रममा यी सारा कुराहरु आउन सक्छन । चर्चा परिचर्चा हुन सक्छन । र हुनु पर्छ पनि । सवैलाई आ–आफ्नो वीचार राख्ने स्वतन्त्रता छ । आफूलाई मन परेको वीचार राख्न पाउछन । र राख्दै आएका छन पनि । तर ती वीचारले गजललाई नकारात्मक असर चाही पार्नु भएन भन्ने आसय मात्र हो ।
नेपाली गजललाई अगाडि वड्न नदिने । अर्थात गजलको विकाश भएको हेर्न नचाहाने एउटा सानो समूह छ । एउटा झुण्ड छ । त्यस समूहले पहिला गजलको वारेमा जानेन वा जान्नै चाहेन । अर्थात गजलको भविष्यनै देखेन त्यतिखेर । त्यसैले त्यो जान्न नचाहाएको पनि हुन सक्छ । उनीहरुले यस्तो सोचेको पनि थिएनन कि गजलले आज यति चाँडै प्रगति गर्ने छ । गजल यति चाँडै लोकप्रीय विधाको रुपमा उदाउने छ भनेर । त्यतिखेर यी सवै उनीहरुका कल्पना भन्दा वाहिरका कुरा थिए । त्यसैले आज यो सव पचाउन उनीहरुलाई अलि कठिन भैरहेको छ । उनीहरु जस्तो सुकै हत्कण्डा अपाएरै भए पनि गजललाई पाखा लगाउन चाहन्छन । गजलको अस्तीत्व समाप्ता गर्न चाहन्छन । त्यसैले कहिले गजल भनेको यो भेल हो । आउछ जान्छ । यस्मा कुनै दम छैन । यो त एउटा आवेग मात्र हो अभिव्यक्ती दिन्छन । र दिदै आएका पनि छन ।
नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे र आजको यो अवस्था सम्म ल्याई दिएका छन । उनीहरुले वचाएको यो विधालाई वचाउन सक्नु पर्छ । हामीले पनि होष्टेमा हैसे लगाउनु पर्छ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । गजल सफल एवम् वयस्क विधा हो । यसले अन्य विधाका हजारौ पानामा लेखिएको ग्रन्थ या महाग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरुलाई पनि सरल र सशक्त रुपमा उठाउदै आएको छ ।
यो विधा विचार र विषय वस्तुका दृष्टिले पनि सशक्त छ । त्यो प्रमाणित हुदै आएको छ । र भै रहेका छन पनि । त्यसैले पनि उनीहरुका वीचार वा धारणा गलत सावित भैसकेका छन । आज कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यस्तै कही परिस्कारको लागि पनि । त्यसको लागि हामीले वोलेर होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई फाल्तु विधाको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । र उनीहरुले पनि यो विधाको अस्तित्वलाई स्वीकार्ने छन ।
आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । आज यिनै यावत कुरालाई ध्यामा राख्दै यो अभियानको संचालन गरिएको हो । यसैको लागि पनि हो यो अन लाइन गजल संवन्धी बहस आउनु परेको । त्यसैले आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी यो माहान यात्रामा अघि वढौ । अनलाइन अर्थात इन्टरनेट बहसमा भाग लिऔ । यो अनलाईन गजल संवन्धी बहस (अभियान)को प्रष्ट अवधारणा पत्र रहेको छ । बहस संवन्धीको अवधारणाको वारेमा तल उल्लेख गरिएको छ ।
यो बहसको उद्देष्य भनेको निम्न लिखित रहने छ ः
(१) यो बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।
(२) नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।
(३) गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र यसक्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंगै छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै उहाहरुवाट प्राप्त वीचार वा सामधानहरुलाई अनलाईन बहसको आफ्नै व्लगका साथ साथै अन्य अनलाइन पत्रिकामा राखिने छ ।
(४) यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरुका वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा अभिभावक संस्था (राष्टिय गजल प्रतिष्ठान)को निर्माणमा जोड दिने छ । त्यसका लागि आदरणीय अग्रज गजलकारसंग वसेर छनफल गरी निचोडमा पुग्ने यस्को लक्ष रहेकोे छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी सवैलाई गजल विरुद्ध हुने आक्रमणमा एक जुट भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।
(५) यस अभियानको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धन नै हो । यसमा गजल संवन्धी तपाइकै धारणा स्थापित गरी ती धारणालाई सवै सामु पुर्याउनु पनि हो । अनलाइन अर्थात इन्टरनेटकोे माध्यमबाट तपाईका धारणा साटासाट गराउनु तथा ती तपाईका वीचारहरु सवै सामु पुर्याउनमा यो अभियान लागि पर्ने छ ।
(६) बहसमा पूराना तथा स्थापित गजलकारहलाई स्वागत गर्ने तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइने छ । साथै उनीहरुलाई नेपाली गजल तर्फ अभिप्रेरित गरिने छ ।
(७) नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था, व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह– अस्तित्वको भावनाका साथ अगाडि वढाईने छ ।
(८) अन्त्यमा स्थानीय, क्षत्रीय तथा राष्टिय स्तरमा गजल संवन्धी खुल्ला बहसको आयोजना गर्ने । यसरी खुल्ला रुपमा बहसको आयोजना गर्दा त्यस क्षत्रमा स्थापित गजल संग संवन्धी विभिन्न संघ संस्थाहरु संग सहकार्य गरिनेछ ।
(९) अन्त्यमा यही अभियान संवन्धी सवैको धारणा समिटिएर एउटा छुट्टै बहसको पुस्तक तयार गरिने छ ।
बहसमा भाग लिने प्रावधानहरु यस प्रकार रहेका छन ः
(क) बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानु भावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउँमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।
(ख) हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा यसलाई अगाडि वढाइनु हो तर सहभागी (पाठक)को सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ । तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानुभावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।
(ग) सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी (पत्रहरु, जिज्ञासा एवम् वीचार)हरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।
(घ) यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरुलाई पनि क्रमै संग राखिने छन । त्यसरी बहसमा आएका विषय वस्तुमा आधारित भएर एउटा बहसको मुल ड्राफ्ट तयार गरिने छन । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छ । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था पनि मिलाइने छ ।
यो अभियानको अबधारणा पत्र हाल सम्म साहित्यघर डट कम, नेपाली गजल डट कम, नेपाली गजल वर्डप्रेस डट कम, सिर्जना डट कम, वुलवुल अनलाईन डट कम, नेपाल अरव डट कम, मझेरी डट कम, भोजपुरे व्लग लगायतका दर्जनौ अनलाईन पत्रिकामा राखिएको छ । साथै सय भन्दा वढी पत्र पत्रिाकमा संप्रेण गरिएको छ ।
बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo वा birahikeshu@gmail.com मा पठाउन सक्न सक्ने छन । तर इमेल गर्दा युनिकोर्डमा नलगी (प्रिति फन्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ । साथै बहस संवन्धी जानाकारी वा बहसका वुँदाहरु विभिन्न साहित्यिक अनलाईन पत्रिकामा राखिने छ । त्यस्तै फेसवुकमा रहनु हुने महानुभावले सवै जानाकारी फेसवुक मार्फत पनि पाउनु हुने छ ।
।। इति ।।
नोटः फेसवुकमा रहनुहुने संपूर्ण गजल प्रेमी महानु भावहरुलाई यो अभियानको वारेमा आफ्नो धारणा राखिदिनु हुन विनम्र अनुरोध गर्दछु । तपाईहरुले दिनु भएका सवै खाले विचारहरुको उच्च मूल्याङ्कन गरिने छ । र ती वीचरलाई विभिन्न अनलाईन पत्रिकाका माध्यमबाट सवै सामु पुर्याइने छ । यसरी विचार राख्दा अभियान तथा यो अवधारणा पत्रमा भएका कमी कमजोरीलाई पनि औल्याई दिनु होला । कुनै सुझाव भए त्यो पनि उल्लेख गरिदिनु होला । ताकि तपाईहरुले दिएका त्यस्ता सुभाव तथा दृष्टिकोणले मेरो यो अभियानमा एउटा कोशेढुङ्गा सावित होस भन्ने आसा लिएको छु ।


0 comments:
Post a Comment