30 November, 2011

माइकल ज्याक्सनका चिकित्सक मरेलाई चार वर्ष जेल सजाय


अमेरिका, १४ मंसीर (एजेन्सी) । माइकल ज्याक्सनको मृत्युमा दोषी पाइएका उनका निजी चिकित्सक कोनराड मरेलाई चार वर्ष जेल सजाय सुनाएको छ । अमेरिकाको एक अदालतमा ६ हप्तासम्म चलेको सुनुवाईपछि अदालतले डा कोनराड मरेलाई माइकल ज्याक्सनको अन्जानमा हत्या गरेको भन्दै दोषी ठहर गरेको हो ।

डा मरेविरुद्ध ६ हप्तासम्म ४९ जना साक्षीसँग बयान लिनुका साथै ३ सयभन्दा बढी प्रमाण पेश गरेको बीबीसीले जनाएको छ ।



न्यायाधीश माइकल पास्टरले अनैच्छिक हत्याका लागि अधिकतम चार वर्ष जेल सजाय सुनाएका हुन् । प्रमाणको आधारमा डा कोनराड मरेले लगातार झुट बोल्दै, चाल चलिरहेको र पैसा कमाउने ध्याउन्नमा डाक्टरको मर्यादा र कर्तव्यको पालना नगरेको न्यायाधीश पास्टरले बताएका छन् ।

0 comments: