30 November, 2011

पासपोर्ट बेचेको अभियोग लागेका सभासद् यादव निलम्बित


काठमाडौ, १४ मंसीर । कुटनीतिक राहदानी बेचेको अभियोग लागेका मधेसी जनअधिकार फोरम नेपालका सभासद् शिवपुजन राय यादव निलम्बन भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष फौजदारी अभियोगमा मुद्दा दायर गरेपछि सभासद् यादवलाई निलम्वन गरिएको हो । यादव संविधानसभाको चुनावमा फोरमको तर्फबाट सर्लाहीको ६ नम्बर क्षेत्रबाट जितेका सभासद् हुन् ।


आयोगले सभासद् राय, अध्यागमनका ३ कर्मचारी र दुरुपयोगमा संलग्न ३ व्यक्तिविरुद्ध १ करोड ९८ लाख रुपैंया बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । अभियुक्तहरुलाई २२२२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

0 comments: