भुन्टे भर्खर २४ महिना पुगेको थियो मामुले उसलाई छोडेर धेरै टाढा बादलपारिको मुलुक जाँदा । घर छोड्ने बेलामा भर्खर बोली फुटेको भुन्टेले तोते स्वरमा म पनि मामुसँगै जाने भन्दै डाको छोडेर रोएको धेरै बेरसम्म पल्लो गाउँसम्म सुनिएको थियो । देशमा चलेको १२ वर्षे द्वन्द्वको चपेटामा परेर गर्भे टुहुरो हुन पुगेको भुन्टे ३ बीस उमेर काटिसकेका हजुरबा हजुरआमाको एक मात्र वंशरक्षक थियो । बृद्ध सासु ससुरा र नाबालक छोराको एक मात्र सहारा बनेकी भुन्टेकी मामु मासिक ५० हजार तलब पाउँने आशामा आफ्नो मुटुको टुक्रा दुधे बालकलाई छोडेर पश्चिम एसियाली मुलुक इजरायल बृद्धबृद्धा हेरचाह गर्ने काम गर्न पुगेकी थिइन् ।
दिन बित्न कति नै बेर लाग्छ र ? दुई वर्षका लागि भनेर गएकी भुन्टेकी मामु परदेश गएको पनि २० महिना पूरा भैसकेछ । भुन्टेकी हजुरआमा उसलाई यसपालीको दशैंमा त तेरी आमा घर फर्किन्छे भन्ने गर्नु हुन्थ्यो । अनि राम्रो राम्रो नाना लगाएर टिका लगाउने, पिंग खेल्ने, मामा घर जाने सपना देखाउनु हुन्थ्यो । भर्खर स्कुल जान थालेको भुन्टे पनि धेरै खुशी हुँदै आफ्ना साथीहरुलाई मामुले दशैंमा धेरै नाना र खेलौना लिएर आउनुहुन्छ अनि मामुसँगै मामा घर जाने कुरा गर्थ्यो ।
उता सुरुमा आशडोड भन्ने सहरमा काम गर्न पुगेकी भुन्टेकी मामुले स्याहार गर्ने बृद्ध महिलाको उनले काम गर्न थालेको एक वर्ष मै मृत्यु हुन पुग्छ । कम्पनीले अर्को ठाउंमा काम त मिलाई दिन्छ, तर नयाँ ठाउँमा काम गर्न उनलाई ज्यादै गाह्रो हुन्छ । एक त अति नै किच किच गर्ने बृद्ध त्यसमाथि बेलाबखत आएर आफ्नो अस्मितामाथि गिद्धे द्रिष्टी लगाउने उसको छोरा । आफु त्यस ठाउंमा काम गर्न नसक्ने निस्कर्ष निकालेर एकदिन उनी आफ्नो पासपोर्ट त्यही छोडेर त्यहाँबाट भागी करिब ८० किलोमिटर टाढा नेतन्या भन्ने सहर पुगेर अवैधानिक रूपमा कृषि क्षेत्रमा काम गर्न थाल्दछिन् ।
नयाँ काम झनै गाह्रो थियो । प्रतिघण्टा जम्मा ११ शेकेल्स ज्यालामा दिनको पन्ध्र सोह्र घण्टा लगातार गुलाब बगैचामा खेतिको काम गर्नुपर्ने । दु:ख गरेर काम गर्दा पनि मालिकबाट जस नपाउँदा वाक्क बनेकी उनी एकदिन सो ठाउँमा पनि काम गर्ने साहुसँग झगडा हुँदा उनलाई चोरीको आरोप लगाएर प्रहरी सामु बुझाइदिन्छ । विना कागजात काम गरिरहेको मुद्धा लगाइ हाल उनलाई दुई महिनाको लागि कस्टडी कोर्टमा राखिएको छ । मुद्धा लडिदिने अनि धरौटी तिरीदिने कोही नहुँदा उनको नेपाल फर्कने समय अनिश्चित बनेको छ ।
यसरी यसपालीको दशैंमा पनि भुन्टेको नयाँ नाना लगाएर चिची पापा खादै पिंग खेल्ने अनि मामुसँगै मामा घर जाने रहर पूरा नहुने भएको छ । यो वर्ष पनि उसले मामुबिना दशैं मान्नुपर्ने भएको छ |
(यो लघुकथा काल्पनिक हो कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)

0 comments:
Post a Comment